प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले निकाले मसाल जुलुस

masaljuluse
लोकपाटी न्यूज

काठमाडौं। संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव नेपाल पक्षका कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका छन्।  बिहीबार साँझ काठमाडौंको बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस निकालेका हुन्।

संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षको बिहीवार बसेको केन्द्रीय कमिटी बैठकले सरकारविरुद्ध देशभर विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी समेत बनाएको छ।