बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर देशलाई भड्खालोमा हाल्ने काम गरेको बताएका छन्।
अध्यक्ष केसीले ओलीले पार्टीभित्रको गुटको विवाद समाधान गर्न नसकेर प्रतिनिधि सभा विघटन गरेर देशलाई भड्खालोमा हालेको बताएका हुन्।
बिहीबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले ओलीले संसद भंग गरेर देशलाई भड्खालोमा हाल्ने काम संविधानमाथिको कू भएको बताए। सर्वोच्च अदालतले ओलीको असंवैधानिक कदमलाई सच्चाएर प्रतिनिधि सभा पुनस्र्थापित गरेर निकास दिनुपर्ने बताएका थिए।
जनमतको अपमान गर्ने अधिकार ओलीलाई नभएको बताए। अध्यक्ष केसीले सर्वोच्च अदालतले संसद पुनस्र्थापित गर्ने विश्वास समेत व्यक्त गरे। केसीले चुनावमा अर्बौं रकम खर्च गर्ने सामथ्र्य देशको नभएको बताएका थिए।



लोकपाटी न्यूज

