अब छिट्टै मन्त्रिपरिषद् बिस्तार गर्छौंः प्रदीप ज्ञवाली

Pradeep_gyawali
लोकपाटी न्यूज

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद् विघटन संवैधानिक भएको दाबी गरेका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेलापछि ज्ञवालीले सञ्‍चारकर्मीसँग प्रधानमन्त्रीले चालेको कदम संवैधानिकनै भएको दाबी गरेका हुन्।

‘जनताको शक्ति जनमतबाट प्रकट हुन्छ। प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन त्यसैले ताजा जनादेशमा जान्छु भनेर संसद विघटन गरी निर्वाचनको घोषणा गर्नु भएको हो,’ ज्ञवालीले भने, ‘यो सवैधानिक कदमको रुपमा जनताले लिएका छन्। प्रधानमन्त्रीलाई ६४ प्रतिशत मतसहितको सर्मथन भएकाले अल्पमता भएको भन्न मिल्दैन।’

उनले अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार हुने बताए। खाली रहेका मन्त्रालयमा छिट्टै मन्त्री चयन गरिने ज्ञवालीले बताए। आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए। ती ठाउँमा मन्त्रि नियुक्तिको तयारीमा नेकपा ओली समूह लागेको हो।

ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ नभएको पनि प्रस्ट पारे। उनले भने, ‘प्रधानमन्त्री कामचलाउ हुनुभएको छैन। राष्ट्रपतिले पनि त्यस्तो पत्र दिनुभएको छैन। उहाँ फुलफ्लेज्ड प्रधानमन्त्री हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्