काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन्।
नेकपा अनौपचारिक रूपमा विभाजन भएपछि बिहीबार प्रचण्ड-नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि माल्यार्पणका लागि बल्खु पुगेका थिए। केन्द्रीय समिति बैठकपछि उनीहरु त्यहाँ पुगेका हुन्।
अध्यक्षद्धय प्रचण्ड-नेपालले मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने घोषणासमेत गरेका छन्। तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको थियो। त्यहाँ अहिले भग्नावशेष मात्र छ। यो ठाउँसँग आफूहरुको सम्बन्ध गाँसिएको भन्दै पार्टीको भवन बनाउने बताए।
अध्यक्ष नेपालले केपीओली यति अलोकतान्त्रिक होलान् भन्ने आफूहरुले कल्पना नगरेको बताए भने वरिष्ठ नेता खनालले ओली अझै कम्युनिस्ट बन्न नसकेको बताए। अध्यक्ष प्रचण्डले भने सबैलाई मिलाएर पार्टीलाई एकतावद्ध बनाउने धारणा राखे।



लोकपाटी न्यूज

