ओली पक्षले तोक्यो चार प्रदेशमा इञ्चार्ज, कुन प्रदेशमा को ?

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेलाले चार वटा प्रदेशमा नयाँ संयोजक चयन गरेको छ। प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा विभाज भएको छ। अघोषित पार्टी विभाजमा ओलीले आफ्नो समूहका नेताहरुको जिम्मेवारी तोकेको हो। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेलाले प्रदेश १ का इन्चार्जमा सुवास नेम्वाङलाई चयन गरेको छ।

एकीकृत नेकपा प्रदेश १ का इन्चार्ज भीम आचार्य थिए। प्रदेश २ मा सत्यनारायण मण्डलनै कायम छन्। उनी ओलीनिकट हुन्। बागमती प्रदेशमा ईश्वर पोखरेल इन्चार्जको जिम्मेवारी दिइएको छ। यो प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्य रहेकी थिइन्।

गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज छन्। यी दुई मुख्यमन्त्री ओलीनिकट हुन्। कर्णालीमा मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ। थापा पूर्वमाओवादी समूहबाट आएका थापा अहिले ओली समूहमा छन्। यसअघि कर्णालीको जिम्मेवारीमा जनार्दन शर्मा थिए।

सुदूर पश्चिममा लेखराज भट्टलाई संयोजक तोकिएको छ। पूर्वमाओवादी समूहबाट आएका भट्ट अहिले ओली समूहमा छन्। यसअघि सुदूरपश्चिमको जिम्मेवारीमा भीम रावल थिए। यस्तै जनवर्गीय संगठनको मोर्चामा टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ भने काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।