काठमाडौं। गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले पदबाट राजीनामा दिएका छन्।
पथिकले बिहीबार गृहमन्त्री थापाको राजनीतिक सल्लाहकारको जिम्मेवारीबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन्।
राजीनामा दिँदै सुवेदीले फेसबुकमा लेखेका छन्ः ‘गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु।’
गृहमन्त्री रामबहादुर थापा नेकपाको ओली समूहमा लागेका छन् भने उनका सल्लाहकार सूर्य सुवेदी पथिक प्रचण्ड–नेपाल समूहमा लागेका छन्।




लोकपाटी न्यूज

