रमेश भुसाल/सुनवल, ९ पुस। जनकल्यण वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुनवल ६ विसासयले आजदेखि मल खाद्य बिक्रि शुभारम्भ गरेको छ। यस क्षेत्रका किसान र शेयर सदस्यहरुलाई मध्यनजर गर्दै सरल सहुलियत रुपमा मल उपलब्ध गराउने उद्देश्यका साथ मल खाद्य विक्रि कार्यक्रमलाई संचालनमा ल्याइएको संस्थाका उपाध्यक्ष तथा शुभारम्भ कार्यक्रमका अध्यक्ष पदम काफ्लेले जानकारी दिए।
मल खाद्य विक्रि शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष राम प्रसाद तामाङ लामाले सहकारीले मल खाद्य विक्रि संचालन गरेकोमा खुसी व्यक्त गर्दै किसानहरुलाई प्रत्यक्ष सहयोग पुग्ने खालका कार्यक्रमहरुमा वडाको साथ र सहयोग रहने बताए।
शुभारम्भ कार्यक्रममा सल्लाहकार समिति संयोजक रुक्मागत वस्याल, सदस्य चन्द्रकान्त पाठक, जनसेवा माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टिकाराम तिमिल्सीना, वडा सदस्य लिलाधर रिमाल लगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष रमेश कुमार भुसालको स्वागत र सचिव ओमकान्त तिमिल्सीनाले कार्यक्रम संचालन गरेका थिए।



लोकपाटी न्यूज
