प्रचण्डलाई भेट्न खुमलटार पुगिन् चिनियाँ राजदूत

Prachanda_Yanxi
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न चिनियाँ राजदूत होउ यान्छी खुमलटार पुगेकी छन्। चिनियाँ राजदूत यान्छी विहान साढे नौ बजे खुमलटार पुगेकी थिइन्।

प्रचण्डसँग राजदूत यान्छीको २० मिनेट जति कुरा भएको थियो। राजदूत यान्छीले प्रचण्डसँग समसामयिक विषयमा कुरा भएको जनाइएको छ। यसअघि नेकपामा विभाजन देखिएका बेला यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेकी थिइन्।

भेटमा कोभिड-१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा छलफल भएको बताइएको छ। यसअघि पनि नेकपाको अन्तर संघर्ष चर्कदै जाँदा चिनियाँ राजदूतको सक्रियता बढ्ने गरेको थियो।