काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार घोषणा गरेका नेपाल कम्युष्टि पार्टी (नेकपा) को केन्द्रिय समितिमा मनोनित गरिएका २२ जनाले केन्द्रीय सदस्य पद अस्विकार गरेका छन्। उनीहरुले आफूलाई थाहै नदिई केन्द्रीय सदस्यमा राखिएको बताएका छन्।
प्रधानमन्त्री केपि शर्मा ओलीले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ सदस्यीय बनाएका थिए। जसमा हाल ५५६ जना केन्द्रीय कमिटी सदस्य थपेर १ हजार ३ जनाको बनाइएको छ भने बाँकी पछि ११९९ सदस्यीय बनाइने बताइएको थियो। नेकपाको आधिकारिक केन्द्रीय समिति ४४६ जनाको रहेको थियो।
१) डम्बरध्वज तुम्बाहाम्फे– ताप्लेजुङ,
२) गोपाल बुडाथोकी– झापा
३) जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री
४) सुन्दर वि.क.– नेकपा बारा जिल्ला सचिव
५) कमलेश झा– नेकपा प्रदेश २ सदस्य
६) भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य
७) बृहस्पति अधिकारी– नवलपरासी
८) जागेश्वरीदेवि चौधरी– तिलोत्तमा नगरपालिका उपप्रमुख
९) अमरबहादुर डाँगी– प्रदेशसभा सदस्य
१०) टिकाराम खडका- दाङ, अध्यक्ष
११) नेत्र पन्थी- रुपन्देही
१२) नन्द किसोर ढकाल- रुपन्देही
१३) देबी बस्याल- पाल्पा
१४) अशोक शाही
१५) कमल श्रेष्ठ- पाल्पा
१६) यज्ञ वेागटि – अछाम
१७) कल्याणी चौधरी – बारा, प्रदेस सदस्य
१८) भैरे कामि -अछाम
१९) राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग
२०) गगन विष्ट – गुल्मी
२१) केशव ढुंगाना – प्रदेश कमिटी सदस्य प्रदेश नं २
२२) शेषमणि आचार्य – तनहुँ



लोकपाटी न्यूज

