काठमाडौं। अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमलाई अदालतले मान्यता दिए निर्वाचनको औचित्य नहुने टिप्पणी गरेका छन्।
संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बहस गर्ने क्रममा थापाले अदालतले संसद् पुर्नबहाली नगरे गलत नजिर स्थापित हुने बताएका हुन्। संसद् विघटन गर्दा संविधान कुल्चने अवस्थाले चुनावपछि आउने सरकारले पनि विघटनको अस्त्र प्रयोग गर्ने उनले बताएका थिए।
सर्वोच्चमा बहस गर्दै अधिवक्ता थापाले संसदप्रति सरकार उत्तरदायी हुने संविधानको धारा ७६ को उपधारा १० लाई प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लंघन गरेको बताए। थापाको प्रधानमन्त्रीलाई प्रश्न थियो, ‘संसदप्रति उत्तरदायी हुने सरकारले संसदमा फेस नगरी संसद् विघटन गर्न कसरी सक्छ?’ प्रधानमन्त्रीको कदम अरुलाई पनि सकाउने र आफू पनि सकिने गरी आएको बताए।
थापाले संविधानलाई निर्चोने प्रयास गरेको उनले व्यंग्य गरे। पार्टीभित्रको आन्तरिक कारणले संसद् विघटन गर्न नमिल्ने उनको भनाई थियो। शनिबारका दिन फलानारफलानालाई भेटेर सहमति भएन भन्दै प्रधानमन्त्रीले आइतबार संविधानमाथि प्रहार गरेको उनले आरोप लगाए।प्रधानमन्त्रीले पठाएको तोक ९प्रतिनिधिसभा विघटनको सिफारिस०लाई रोक्ने कार्य अदालतले गर्नुपर्ने उनले बताएका थिए।



लोकपाटी न्यूज

