मुकुललाई निकास दिनसक्ने शक्ति राप्रपा मात्र होः कमल थापा

kamal-thapa-8
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन वा चुनावबाट पार्टीको कार्यसूची स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन्। आन्दोलन तयारी बैठकलाई आज यहाँ सम्बोधन गर्दै थापाले राप्रपाको मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुनसक्ने जिकिर गरे।

नेता थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भई अघि बढ्न आग्रह गरे। राप्रपा अध्यक्ष पशुपति शम्शेर जबराले कांग्रेस कम्युनिष्टले मुलुक सञ्चालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको तथा राजसंस्था र हिन्दूराष्ट्रलाई पुनः स्थापना गर्नको निमित्त सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएको बताए।

अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकलाई असफलताको बाटोमा लान नदिन राप्रपा बलियो हुनुपर्नेमा जोड दिए। कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले यही पुस १७ गते काठमाडौंमा हुने प्रदर्शनको खाका प्रस्तुत गरेका थिए।