काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिए पनि अहिलेसम्म नेकपा नै नेपालको सबैभन्दा ठूलो राजनीतिक दल भएको बताएका छन्। बुधबार नेकपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई सम्वोधन गर्दै राजनीतिक र कानूनी हिसाबले अहिले पनि नेकपा सबैभन्दा ठूलो दल भएको बताएका हुन्।
संसद भवन बानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाउँदै प्रचण्डलाई दल नेतामा चयन गरेको हो। बैठकमा मंगलबार नेकपाका बहुमत केन्द्रीय सदस्यको बैठकबाट पार्टी अध्यक्षमा चयन भएका नेता माधवकुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो।
संसद भवन नयाँ वानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेको घोषणा गरे पनि नेकपाको बहुमत समूहले संविधानको कुनै पनि धारामा संसद बिघटनको व्यवस्था नभएकाले त्यसको कुनै वैधता नभएको जिकिर गर्दै आएको छ।
सूर्य चिन्ह प्रचण्ड–नेपालतिर आउँछ, ओलीले नयाँ दल खोल्नुपर्छ : हरिबोल गजुरेल
संसदीय दलको नेतामा निर्वाचित भएपछि अध्यक्ष प्रचण्डले ठूलो आफूले जिम्मेवारी पाएको भन्दै लामो संघर्षपछि प्राप्त लोकतन्त्र र संघीय संसद जिवित राख्न तथा राष्ट्र र जनताको पक्षमा काम गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउने बताए।
उनले सबैसँग सहकार्य गर्दै नयाँ सरकार गठन गर्नेमा आफ्नो ध्यान जाने पनि बताए ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड –माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउनतर्फ लाग्ने जनाएका छन्। ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउनेतर्फ हाम्रो ध्यान जानेछ’, प्रचण्डले भने, ‘अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं ।’
यसअघि दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरु नै वैधानिक र ठूलो दल भएको बताएका थिए।
यो पनि पढ्नुहोस्
नेकपाको संसदीय दलको नेतामा प्रचण्ड
कार्यकर्तालाई टोपबहादुरको फोन : ‘म गृहमन्त्री बन्दैछु, भेलामा आउनुस्’


लोकपाटी न्यूज

