सूर्य चिन्ह प्रचण्ड–नेपालतिर आउँछ, ओलीले नयाँ दल खोल्नुपर्छ : हरिबोल गजुरेल

Haribol Gajurel
लोकपाटी न्यूज

काठमाडौं। पार्टी एकता बचाईराख्ने विभिन्न विकल्प र सम्भावनाहरु हुँदा हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चाल्दा नेकपा विभाजनको अवस्थामा पुगेको प्रचण्ड–नेपाल समूहका नेताहरुले टिप्पणी गरेका छन्।

छलफल, बहस र सहमतिको प्रयास गर्दा पनि कुनै विकल्न नभएपछि चाल्नुपर्ने कदम ओलीले हतारमा चाल्दा पार्टी विभाजन भएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको तर्क छ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा क्रममा नेता गजुरेलले भनेका छन्, ‘विगतमा पनि मध्यावधि चुनावको घोषणा भए, सरकार गिर्नेहरु धेरै भए, धेरै अस्थिरता भयो भनेर त्यसो हुन नदिने व्यवस्था संविधानले नै गरेको छ। तर प्रधानमन्त्रीले पार्टीमा एकता बचाउने विकल्प र सम्भावनाहरु रहँदारहँदै लगत कदम चाल्दा यस्तो अवस्था आयो।’

प्रचण्ड–नेपाल समूह नै सही र आधिकारिक भएको उनले बताए। साथै ३ सय भन्दा बढी केन्द्रीय सदस्यहरुको समर्थन रहेको समूह स्वतः आधिकारिक हुने नेता गजुरेलको दाबी छ। आधिकारिक पार्टीले नै सूर्य चिन्ह पाउने पनि उनले बताए।

नेता गजुरेलले पार्टी एकता बचाउन आफूहरुले अन्तिमसम्म कोशिस गरेको बताउँदै विचारको बहसमा आफू सधै दृढ रहेको बताए। ‘विचारको मुद्दामा म सधै दृढ छु। पार्टी एकता बचाउन गरेको प्रयासलाई अन्यथा लिन मिल्दैन।