बहुमत सदस्यको हस्ताक्षर सहित निर्वाचन आयोगमा जार्दै नेकपा

लोकपाटी न्यूज

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूह हस्ताक्षरसहित निर्वाचन आयोग जाने भएका छन्। नेकपाका  बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोग जान लागेको स्रोतले जनाएको छ।

स्रोतले दिएको जानकारी अनुसार नेकपा ३१५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आयोग जान लागेका हुन्।

मंगलवार बबरमहलस्थित कार्की ब्यांकेटमा भएको केन्द्रीय समिति बैठकमा बहुमत सदस्यहरुको उपस्थिती रहेको नेकपाकाे दाबी छ।
त्यस्तै हाल नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता रहेको छ। ती मध्ये दुई तिहाई केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेको नेकपाकाे दावी रहेको छ।

मंगलवार बालुवाटारमा बसेको प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले ११९९ जनाको केन्द्रीय कमिटी हुनेगरी केन्द्रीय सदस्य थप गरेको छ।

मंगलवारको बैठकमा ओली पक्षको नेकपाले ५५६ जना केन्द्रीय सदस्य थप गरेको थियो। भने प्रवक्तामा परराष्ट्रमन्त्री समेत रहेका नेकपाका स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीलाई ओली समूहको प्रवक्ता नियुक्त गरेको थियो।
त्यस्तै बबरमहलको बैठकले भने नेपाललाई अध्यक्षको रुपमा चयन गर्ने निर्णय गरेको छ।