निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल पक्ष

Prachanda_Madhab
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष आज निर्वाचन आयोग जाने भएका छन्। अध्यक्ष केपी ओलीलाई कारबाही गरेको चिठ्ठी लिएर ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष आज निर्वाचन आयोग जाने भएका हुन्।

मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट कारबाही गरेको चिट्ठी लिएर आयोग जान लागेको स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले बताए।

बुधबार प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीलाई कारबाहीको निर्णय गरेपछि जानकारी गराउन मध्यान्ह १२ बजे निर्वाचन आयोग जाँदै छन्।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई कारबाही गरेपछि रिक्त अध्यक्ष पदमा वरिष्ठ नेता नेपाललाई चयन गरिएको बताइएको थियो।