पूर्वमन्त्री दीर्घ सोडारीमाथिको कारबाही फुकुवा

Dirgha Bahadur Sodari
लोकपाटी न्यूज

काठमाडौं। नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीमाथिको कारबाही फुकुवा भएको छ। बबरमहलमा बसेको नेकपा केन्द्रीय समितिको बैठकले उनीमथिको कारबाही फुकुवा गरेको हो।

साथै बैठकले उनलाई पुनः कैलाली अध्यक्षको जिम्मेवारी दिएको छ। सुदूरपश्चिम प्रदेश, सामाजिक विकासमन्त्री हरेका बखत अनैतिक सम्बन्धको विषयमा विवाद भएपछि नेकपा अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेको थियो।

पार्टीले कारबाही गरेपछि सोडारीले मन्दी र पार्टी जिल्ला अध्यक्ष पद गुमाएका थिए। तर, नेकपा विभाजनतिर गएसँगै प्रचण्ड-नेपाल समूहले उनीमाथिको कारबाही फुकुवा गरेको हो। सोडारी नेपाल समूहका नेता हुन्।