काठमाडौं। नेपालमा थप ७२२ कोरोना संक्रमित थपिएका छन्। भने ९६६ संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ। सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ छ।
पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको छ।
मन्त्रालयका अनुसार अहिले ७ हजार ७२९ जना आइसोलेसनमा रहेका छन्। भने अहिले सम्म २ लाख ४५ हजार ७०९ संक्रमित निको भइसकेका छन्। सथै हाल सम्म १८ लाख ८४ हजार १८१ पीसीआर परीक्षण गरिएको छ।



लोकपाटी न्यूज

