काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ। मंगलबार बबरमहलमा बसेको नेकपा केन्द्रीय समिति बैठकले नेपाललाई चयन गरेको हो।
वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो। बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेपछि नेपाललाई नयाँ अध्यक्ष चयन गरहेको बैठकमा सहभागि एक नेताले जानकारी दिए। बैठकले उनलाई दोस्रो वरीयताको अध्यक्ष बनाएको हो।
बैठकले ओलीलाई कारबाही स्वरूप अध्यक्ष पदबाट हटाउने निर्णय थियो। ओलीले संसद भंग गरे लगत्तै बसेको नेकपा स्थायी कमिटी बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।



लोकपाटी न्यूज

