बालुवाटारमा गुटको भेलामात्रै भएको हो: प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं,नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने बताएका छन्।

उनले दुई नेतासँग आफूले मंगलबार बिहानमात्रै कुराकानी गरेको भन्दै उनीहरुलाई यो बैठकले देख्न चाहेको पनि बताए।
राजधानीमा मंगलबार आयोजित नेकपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान, नियम कानुन अनुसार आफूहरुले बैठक राखेको नेकपा नै वैधानिक भएको दावी गरे।
‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु। यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ। केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ। संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो’, उनले भने।

संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वास आफू रहेको भन्दै उनले बालुवाटारमा आज भएको भेला वैधानिक नरहेको दावी गरे।
मंगलबार दिउँसो राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा भएको केन्द्रिय समितिको बैठकमा ३ सय १० जना सहभागी रहेको छन्। नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन्।

यसअघि आजै अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक गरी ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेर सपथ खुवाएका थिए।

नेकपाले बालुवाटारमा भएको भेलालाई गुट भेला भएको बताएका छन्।