देशभर संघर्षको कार्यक्रम गर्नेबारे जसपा केन्द्रिय कार्यकारिणी बैठकमा छलफल

Mahantha_Upendra_Jasapa
लोकपाटी न्यूज

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा बसेको छ।

बैठक जारी रहेको र बैठकमा असंवैधानिक संसद् विघटनको विरोधमा देशभर संघर्षको कार्यक्रम गर्नेबारे छलफल भइरहेको जसपा एक नेताले बताए।
हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले सानेपामा डाकेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीको कदमविरुद्ध एक भएर विरोध गर्ने सहमति भएको थियो।

बैठकमा महन्थ ठाकुर, डा.बाबुराम भट्टराईलगायतका नेताले सम्बोधन गर्नेछन्।