आजदेखि नेकपा दुई टुक्रा भयो : सूर्य सुवेदी

Surya
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्य सुवेदी पर्थिकले आजदेखि नेकपा दुई टुक्रा भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै नेकपा केन्द्रीय सदस्यसमेत रहेका पर्थिकले सग्लो नेकपा आजदेखि दुई टुक्रा भएको बताएका हुन्।

पथिकले फेसबुकमा लेखेका छन्, ‘आजबाट सग्लो नेकपा दुई टुक्रा भएको छ। हामीले अहोरात्र पार्टी र यसको एकतालाई बचाइराख्न मिलेर, मिलाएर पार्टी र सरकार सञ्चालन गर्न गरिएको भगिरथ प्रयत्न बस्तुत असफल भएको छ।’

पर्थिकले आफूहरू विचार र राजनीतिको आधारमा सहि निष्कर्षमा पुगिने स्टाट्समा उल्लेख गरेका छन्। ‘अब हामी विचार र राजनीतिको आधारमा छिट्टै सहि निष्कर्षमा पुगिन्छ,’ उनले भने।

अध्यक्षद्वय केपी शर्मा ओलीले बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेग्लाबेग्लै केन्द्रीय समिति बैठक राखेका थिए। दुबै भेलामा नगएका उनले नयाँ पार्टीहरूलाई शुभकामना दिएका छन्। गृहमन्त्री थापा पनि आज दुबै अध्यक्षले बेग्लाबेग्लै स्थानमा राखेको केन्द्रीय समिति बैठकमा गएका छैनन्। बादल उपाध्यक्ष बामदेव गौतम भेट्न मंगलबार दिउँसो भैंसेपाटी पुगेका थिए।

p