काठमाडौं, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ।
सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने कांग्रेसले जनाएको छ।
बैठकमा पार्टी महाधिवेसनको तयारी सम्बन्धमा पनि छलफल हुने जनाएको छ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बसेको हो।
बैठकले प्रधानमन्त्री ओलीविरुद्ध रणनीति तयार पार्ने बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए।
यसअघि कांग्रेसले सोमबार नेकपाको प्रचण्ड नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गरेको थियो।
उक्त छलफलमा तीनै दलले संयुक्त रुपमा सरकारका कदमबारे छलफल गर्न मंगलबार केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेका थिए।
सोही अनुसार कांग्रेस र प्रचण्ड(नेपाल समूह र जसपाले आआफ्नो केन्द्रीय समिति बैठक सुरु गरेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरु रणनीति बनाउन अहिले आन्तरिक छलफलमा जुटिरहेका छन्।



लोकपाटी न्यूज

