बादल र वामदेव भैँसेपाटीमा

bamdev badal
लोकपाटी न्यूज

काठमाडौं । विभाजित अवस्थामा रहेको नेकपाका दुवै समूहमा नगएका नेताहरु बामदेव गौतम र रामबहादुर थापा बादलबीच अहिले छलफल भइरहेको छ। गौतमलाई भेट्न बादल भैँसेपाटी पुगेका छन् । उनीहरु दुवैजना दुवै भेलामा उपस्थित भएका छैनन्।

यसअघि दुवै नेताहरुलाई केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो पक्षमा आउन पटक पटक आग्रह गरिसकेका छन्। पार्टीलाई विभाजन गर्ने कुनै पनि खेमा र समूहमा नलाग्ने गौतमले स्पष्ट पारेका छन्।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँगै झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग उक्त कुरा गरेको बताए। नेपाल, खनाल र श्रेष्ठ उपाध्यक्ष गौतमलाई फकाउन गौतम निवास भैंसेपाटी पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्