वामदेव गौतम निवास भैँसेपाटी पुगे बादल

bamdev badal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका दुवै समूहमा नगएका नेकपाका नेताहरु वामदेव गौतम र रामबहादुर थापा बादलबीच अहिले छलफल भइरहेको छ।

विभाजित अवस्थामा रहेको नेकपाका दुवै समूहमा नगएका उनीहरुबीच अहिले छलफल भइरहेको छ। गौतमलाई भेट्न बादल भैँसेपाटी पुगेका हुन्। उनीहरु दुवैजना दुवै भेलामा उपस्थित भएका छैनन्।

यसअघि दुवै नेताहरुलाई केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो पक्षमा आउन पटक पटक आग्रह गरेका थिए।