नेकपा केन्द्रीय समितिमा सात एजेण्डा पेश

लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बबरमहलमा सुरु भएको बैठकमा सात ओटा एजेण्डा पेस भएका छन्।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने, जिम्मेवारी हेरफेर गर्ने, कृष्ण बहादुर महरालाई स्थायी समितिमा ल्याउने, संघर्षका कार्यक्रम र राजनीतिक घटनाक्रमबारे समसामयिक प्रस्ताव छलफलका लागि पेस भएका छन्।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरेको थियो। उक्त बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै केन्द्रीय कमिटीबाट अनुमोदन गराउने निर्णय गरेको थियो। ओलीलाई कारबाही गरेको जानकारी यो समूहले निर्वाचन आयोगलाई पनि दिइसकेको छ। उक्त बैठकले अध्यक्षबाट केपी ओलीलाई हटाएर नेता नेपाललाई बनाउने निर्णय समेत गरेको छ।

यस्ता छन् केन्द्रीय समिति बैठकका एजेण्डा

१. शहिदहरुप्रति श्रद्धाञ्जली
२. सांगठानिक प्रस्ताव
३. शीर्ष नेताको सम्बोधन
४. अनुशासनको कारबाही
५. जिम्मेवारी हेरफेर
६. आगामी कार्यक्रम (क) महरालाई स्थायी समितिमा ल्याउने (ख) संघर्षका कार्यक्रम – सडक सङ्घर्ष
७. राजनीतिक घटनाक्रमबारे समसामयिक प्रस्ताव