काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको गरेको हो।
स्थायी कमिटीको बैठक उक्त निर्णय अहिले भइरहेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीले पास गर्नेछ। नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए।



लोकपाटी न्यूज

