काठमाडौं। नेकपाका कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्षको प्रस्ताव गरेको छ।
नेकपाभित्रको केपी ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको हो। एक स्थायी समिति सदस्यका अनुसार मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको हो।
यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ। बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन।
यसबारे छलफल गर्न अहिले नेकपाको ओली इतर समूहको बैठक बबहरमहलमा रहेको कार्की ब्यांकेटमा बैठक जारी छ।



लोकपाटी न्यूज

