ओली पक्षले बुधवार सातै प्रदेशमा भेला गर्ने

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं, नेकपाको ओली पक्षीय केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। बैठकले बुधबार सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ।

बैठकले दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्न वक्ता र कार्यक्रम समन्वयकर्ताको जिम्मेवारी पनि तोकेको छ। विहीबार नवगठित केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको छ ।सुदुरपश्चिममा भेला संयोजन गर्न लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापा, कर्णााली प्रदेशमा शंकर पोखरेल, यमलाल कँडेल, लुम्बिनी प्रदेशमा खिमलाल भट्टराई, गण्डकी प्रदेशमा टोपवहादुर रायमाझी र बागमती प्रदेशमा आनन्द पोखरेललाई खटाईएको छ।

त्यस्तै प्रदेश २मा सुमन प्याकुरेललाइ जिम्मा दिइएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्