काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा नजाने बताएका छन्।
पार्टीलाई विभाजन गर्ने कुनै पनि खेमारसमूहमा नलाग्ने गौतमले स्पष्ट पारेका छन्। गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँगै झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग उक्त कुरा गरेको बताए।
नेपाल, खनाल र श्रेष्ठ उपाध्यक्ष गौतमलाई फकाउन गौतम निवास भैंसेपाटी पुगेका थिए। उनीहरू फर्किसकेका छन्।



लोकपाटी न्यूज

