काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको भेलाले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।
अध्यक्ष ओलीले २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव बैठकले अनुमोदन गरेको हो । ओली पक्षीय केन्द्रीय समिति बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन समिति बनाउने निर्णय पनि गरेको थियो।
एकीकृत नेकपाको महाधिवेशन आउँदो चैतमा हुने तय भएको थियो। तर ओली पक्षले अर्को वर्षको मंसिरमा गर्ने निर्णय गरेको हो।
ओली पक्षीय नेकपा केन्द्रीय समितिको बैठक आउँदो बिहीबार बस्ने छ ।



लोकपाटी न्यूज

