२०७८ काे मंसीरमा ओलीकाे राष्ट्रिय महाधिवेशन

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर आउँदो मंसिर २ गते गर्ने प्रस्ताव पारित गरेको छ।

अध्यक्ष ओलीले २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव बैठकले अनुमोदन गरेको हो। ओली पक्षीय केन्द्रीय समिति बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन समिति बनाउने निर्णय पनि गरेको थियो।

एकीकृत नेकपाको महाधिवेशन आउँदो चैतमा हुने तय भएको थियो। तर ओली पक्षले अर्को वर्षको मंसिरमा गर्ने निर्णय गरेको हो। ओली पक्षीय नेकपा केन्द्रीय समितिको बैठक आउँदो बिहीबार बस्ने जनाइएको छ।