वामदेव गौतमको निवास भैंसेपाटीमा प्रचण्ड-नेपाल समूह

Bamdev Gautam
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई फकाउन उनकै निवास भैंसेपाटीमा प्रचण्ड-नेपालका समूहका नेताहरू पुगेका छन्।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू उपाध्यक्ष गौतमसँग छलफलका लागि आइपुगेको बताए।

“आधा घण्टा अगाडि नेताहरू आइपुगेका छन्, छलफल भइरहेको छ,” उनले बताए। पार्टी विभाजन नजिक पुगेको अनुमान गरिएको बेला गौतमलाई आफ्नो समूहमा आबद्ध गराउन प्रचण्ड–नेपाल समूहको जोडबल चलिरहेको छ।

दिउँसो उक्त समूहको केन्द्रीय कमिटि बैठक बबरमहलतको कार्की बैंक्वेयटमा बस्दैछ। बैठकमा गौतम नआउने बुझेपछि फकाउन नेताहरू भैंसेपाटी पुगेका हुन्।