काठमाडौं, नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूविरुद्ध रहेका नेताहरु कसैलाई पनि पार्टीबाट निस्कान नगरी त्यसैमा संख्या थप गर्ने रणनीति बनाएका छन्।
आफ्नो समूहको जारी भेलामा उनले महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन्। भेलामा सहभागी एक नेताका अनुसार अहिलेसम्म पार्टीमा ओलीको विरुद्धमा रहेका प्रचण्ड–नेपाल समूहका नेताहरुलाई कारबाहीको कुनै प्रस्ताव आएको छैन।
‘हामी कसैलाई पनि कारवाही गर्दैनौं, न त पार्टी नै बिभाजन गर्छौ’ ओलीले बैठकमा भने, ‘महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गछौं, अब जाने भनेको महाधिवेसनमा नै हो’, महाधिवेशनको तयारी गर्नका लागि ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन पनि दिएका छन्।
बैठक अहिले बालुवाटारमा जारी छ ।



लोकपाटी न्यूज

