काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्न प्रस्ताव गरेका छन्। पार्टी विभाजन डिलमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्न लागेका हुन्।
उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति भेलामा केन्द्रीय सदस्य संख्या ११९९ जनाको बनाउने प्रस्ताव लगेका हुन्। हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको बनाउने भनिएको छ। भेला बालुवाटारमा जारी छ। नेकपा नेता टोपबहादुर रायमाझी र मणि थापा केपी शर्मा ओली पक्षतिर लागेका छन्।
उनीहरु नेकपा अध्यक्ष ओलीले बोलाएको केन्द्रीय समिति भेलामा सहभागी हुन बालुवाटार पुगेका छन्। रायमाझी र थापा पूर्वमाओवादी हुने भने पूर्व माओवादीकै लेखराज भट्ट पनि ओलीितर लागेका छन्।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको डिलमा रहेको छ भने आजै प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ।



लोकपाटी न्यूज

