काठमाडाै ७ पुस। पार्टी विभाजन डिलमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्न लागेका छन् । उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति भेलामा केन्द्रीय सदस्य संख्या ११९९ जनाको बनाउने प्रस्ताव लगेका हुन।
हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको बनाउने भनिएको छ ।
भेला बालुवाटारमा जारी छ। नेकपा नेता टोपबहादुर रायमाझी र मणि थापा केपी शर्मा ओली पक्षतिर लागेका छन्।
उनीहरु नेकपा अध्यक्ष ओलीले बोलाएको केन्द्रीय समिति भेलामा सहभागी हुन बालुवाटार पुगेका छन्। रायमाझी र थापा पूर्वमाओवादी हुने भने पूर्व माओवादीकै लेखराज भट्ट पनि ओलीितर लागेका छन्।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको डिलमा रहेको छ भने आजै प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ।



लोकपाटी न्यूज

