ओलीले आह्वान गरेको बैठकमा टोपबहादुर रायमाझीले राखे स्वागत मन्तव्य

oli_gut_ccm_
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको केन्द्रीय नेताहरुको भेला सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको भेलामा टोपबहादुर रायमाझीले स्वागत मन्तब्य राखेका छन्।

पूर्वमाओवादी उनी प्रचण्डबाट टाढिएर ओलीतिर लागेका हुन्। पार्टी महासचिव विष्णुप्रसाद पौडेलले संचालन गरेको बैठकमा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकको अध्यक्षता केपी शर्मा ओलीले गरेका छन्।

आइतबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको स्थायी समिति बैठकले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेपछि ओलीले आज बैठक बोलाएका हुन्।