काठमाडौं,७ पुस, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापालाई भेट्न फेरि पुल्चोक पुगेका छन्। पुल्चोक पुगेर उनी फर्किसकेका छन्। प्रचण्डले बादलसँग साथ मागेको बताइएको छ । यसअघि हिजो पनि प्रचण्ड थापालाई भेट्न पुल्चोक पुगेका थिए।
नेकपाको सचिवालयका सदस्य समेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड समूह दुवैले डाकेको बैठकमा नजाने बताइसकेका छन्। गृहमन्त्री थापाले आफू अन्तिमसम्म पनि पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका छन्। नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका बेला नेता थापा भने कुनै समूह तर्फ खुलेका छैनन्। दुवै अध्यक्षसँग सल्लाह गरेर आफूले निर्णय लिने बताएका थिए।
हिजै बेलुका थापाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग १ घण्टा छलफल गरेका थिए।
संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि हिजो दुवै अध्यक्षले राखेका कुनै भेलामा थापा सहभागी भएनन्।



लोकपाटी न्यूज

