काठमाडौ। नेकपाका उपाध्यक्ष वामदेव गौतम निकट नेताहरुले आन्तरिक कलहका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई बन्धक बनाउने दुस्साहस गरेकाले उनलाई समर्थन गर्न नसकिने बताएका छन्। उपाध्यक्ष गौतम निकट केन्द्रीय सदस्य बलराम बास्कोटाले कम्युनिस्ट कार्यकर्ता भएको नाताले ओलीको असंवैधानिक कदमलाई समर्थन गर्न नसकिने बताए।
‘केपीको असंवैधानिक कदमलाई समर्थन गर्न भन्ने कम्युनिस्ट कार्यकर्ताको हिसाबले दिएन। ताजा जनादेश भन्ने पनि तुक नभएको कुरा हो। उहाँले पार्टीको आन्तरिक विवादका कारण राष्ट्रलाई बन्धक बनाउन पाइन्छ र पाइँदैन नि ! उहाँको हिजोको सन्देशले त्यो प्रवाह गरेको छ। आन्तरिक कारण देशलाई बन्धक बनाउने दुस्साहस गर्नु भएको छ। त्यसैले उहाँलाई समर्थन गर्न सकिदैनँ,’ उनले भने ।
बास्कोटाले ओलीले जनपक्षीय सरकारको हत्या गरेका कारण पनि उनलाई समर्थन गर्न नसकिने बताए। तुलनात्मक रुपमा प्रचण्ड-नेपाल समूहले विधि पद्धतिलाई अंगीकार गर्ने भएकाले १ बजेको बैठकमा सहभागी हुने उनले जानकारी दिए।



लोकपाटी न्यूज

