संसद विघटनबाट कमल थापा हर्षित्

kamal-thapa-8
लोकपाटी न्यूज

काठमाडौं। संसद विघटन भएपछि सबै भन्दा बढी खुसी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा देखिएका छन्। प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध राजनीतिक दलहरूले गरिरहेको छलफल उनलाई मन परेको छैन।

उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत ओलीको कदम विरुद्ध भइरहेको छलफलबारे असन्तुष्टि राखेका छन्। उनले केपी ओली कदमविरुद्ध राजनीतिक दलहरूले गरिरहेका छलफल र बनाइरहेका गठबन्धनलाई ‘घोडा व्यापार’ को संज्ञा दिए। संसद विघटनलाई राजनीतिक दलले अवसरको रूपमा लिनुपर्ने टिप्पणी थापाको छ।

उनले लेखेका छन्, ‘संसद् विघटनको वैधानिकताको परीक्षण/निरूपण/व्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर ‘घोडा व्यापार’ र फोहरी गठबन्धन बनाएर ब्रह्मलुट र कुशासनको दोस्रो शृङ्खला सुरूगर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो।’