तीन दलको निर्णय : संसद् विघटनविरुद्ध थप रणनीति तय गरिने

all_party_meeting_at_sanepa_kZhmcxMVSD
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन अलोकतान्त्रिक र संविधानविरोधी कार्य भएको कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको तीन दलको बैठकले निष्कर्ष निकालेको छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता सहभागी थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाले डाकेको बैठकमा संसद् विघटनविरुद्ध सबै दल एकजुट भएर जाने निर्णय गरेको छ। साथै तीनै दल (जसपा, नेकपा, कांग्रेस) को केन्द्रीय समितिको बैठक भोलि मंगलबार बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए।  भोलिको बैठकबाट आगामी रणनीतिबारे तय गर्ने र आवश्यक परे थप छलफल गर्ने पनि उनले बताए।