संसद बिघटित हुन सक्दैन, सुचारु हुन्छ : प्रचण्ड

Prachanda Photo
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा जीवितै रहेको जानकारी दिन आफूहरू सर्वोच्च अदालत जाने बताएका छन्।  सोमबार बानेश्वरमा प्रचण्ड-माधवकुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा बोल्दै उनले यस्ता बताएका हुन्।

उनले प्रतिनिधि सभा जीवित रहेको प्रमाणका रूपमा सर्वोच्च जानुपर्ने बताए।  प्रचण्डले प्रधानमन्त्री ओलीमा छल र बेइमानी कल्पना गर्न सक्नेभन्दा बढी रहेको बताए। उनले संवैधानिक नियुक्ति विषयलाई लिएर प्रधानमन्त्रीले ढाँटेको बताए।

ओलीजीले स्थायी कमिटीमै संवैधानिक नियुक्ति गरेको छैन भन्नु भयो तर उहाँ कमिटी बैठकमा नांगिनु भयो’, उनले भने। प्रचण्डले प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने भोलिको बैठकले निर्णय गर्ने बताए। यो संविधानले संसद विघटनको अधिकार नदिएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई पनि उक्त अधिकार प्रयोग गर्ने अधिकार नभएको बताए।