बाजुरामा पाँच दिने शिक्षण सिकाई सीप अभिवृद्धि तालिम सम्पन्न

pic
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, ६ पुस।  युनेसेफ र विश्व शिक्षा नेपालको आर्थिक तथा प्राविधिक सहयोग,स्थानीय निकायसँगको समन्वय तथा सेतोगुरांस बालबिकास सेवा बाजुराद्वारा सञ्चालित समता र समावेशी शिक्षा कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा सिकाइ सम्वन्धि पांचदिने शिक्षण सिकाइ सीप अभिबृद्दी तालिम मार्तडीमा सम्पन्न भएको छ।

शिक्षकको पेशागत ज्ञान,सीप, र दक्षतालाई थप प्रभावकारी बनाइ बालबालिकाको सिकाइ गुणस्तरमा अभिबृदि गराउने उदेश्यका साथ सेतोगुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम संयोजक देवराज पाध्यायको अध्यक्षतामा संचालन गरिएको तालिमको सोमबार समापन गरिएको हो।

तालिममा प्रमुख अथिती बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल बिकले तालिमपछि शिक्षकहरुले सिकेको कुरा विद्यालयमा गई प्रारम्भिक कक्षाका बालबालिकाको सिकाईमा अधिकतम उपयोग गर्ने विश्वास आफूले लिएकाले तालिममा सिकेका कुरा कार्यान्वयनमा लिन शिक्षकहरुलाइ आग्रह गरे। तालीम प्रारम्भिक कक्षाका बालबालिकालाई प्रारम्भिक कक्षा सिकाइ गणितीय आधारभूत क्षेत्र, समाबेशी शिक्षा,बहुकक्षा बहुस्तर शिक्षण सिकाइ पद्धति ,समावेशी कक्षाकोठा ब्यबस्थापन,मातृ भाषाका माध्यमबाट शिक्षणलाइ कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा केन्द्रित रहेको प्रशिक्षक विष्णुलाल पाण्डेले बताए।

बालबालिकाहरुको स्तर निर्धारण गरी पाठ्यक्रम अनुसारका सिकाइ सामग्रीको उल्लेख्य मात्रामा निर्माण तथा प्रयोग गरेर खेल्दै सिक्दैको रमाइलो वातावरणमा उनिहरुको मनस्थिती अनुसारको सिकाइ शिक्षणले मात्र बालबालिकाहरुको सिकाइलाई प्रभावकारी बनाउन सकिने कुरा आफुले तालिमबाट सिकेकाले यो तालिम शिक्षक हरुका लागि धेरै महत्त्वपूर्ण र प्रभावकारी रहेको तालिममा सहभागी नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बडिमालिका-६ को र्धका शिक्षक प्रकाश थापाले बताए।

युनिसेफ र तालिम प्राप्त शिक्षकहरुको विद्यालयमा युनिसेफर विश्व शिक्षा नेपाल र सेतोगुरांस बालबिकास सेवा बाजुराको सहयोगमा नेपाली र गणित बिषयसँग सम्बन्धित सिकाइ सामग्री पनि वितरण गरिएकाले त्यसको प्रयोग विधिबारे पनि शिक्षकले तालिममा सिकेकाले बालबालिकाको सिकाई गुणस्तर अभिवृद्धि गर्नमा टेवा पुग्ने विस्वास आफूले लिएको बिश्व शिक्षा नेपालका फिल्ड अधिकृत प्रकाश बिनाडिले बताए।

खप्तड छेडेदह र हिमाली गाउंपालिका तथा बडिमालिका नगरपालिकाका २२जना शिक्षिका र ६१ जना शिक्षक गरी जम्मा ८३जनाको सहभागिता रहेको थियो। उक्त ५दिने तालिम ३ चरणसम्म गरी १५ दिन संचालन गरिएको सेतोगुरांस वालबिकास सेवा बाजुराका कार्यक्रम संयोजक देवराज पाध्यायले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्