जसपाले पुस ८ मा देशव्यापी प्रदर्शन गर्ने

Mahantha_Upendra_Jasapa
लोकपाटी न्यूज

काठमाडौं, ६ पुस, प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको आकस्मिक बैठकले ८ पुसमा र्‍यालीसहित देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार मंगलबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा गरिने भएको छ ।

पार्टीको मंगलबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।