बर्दियामा सशस्त्र प्रहरीको भवन शिलान्यास

bardiya
लोकपाटी न्यूज

बर्दिया, १५ मंसिर। बर्दियामा सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलका लागि भवनको शिलान्यास गरिएको छ। स्थानीय सरकारको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बढैयाताल २ शिवशक्तिपुरमा सोमबार भवनको शिलान्यास गरिएको हो।

सीमा क्षेत्रमा सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीलाई बस्नको लागि भवन नभएको र खुल्ला आकाशमुनि बस्दा सर्पलगायत विषालु जीवहरूको खतरा रहेकाले भवनको शिलान्यास गरिएको हो।

बर्दियामा पाँचवटा बोर्डर आउट पोष्ट रहेका छन्। बर्दिया जिल्लामा आठ वटा स्थानीय तहहरु रहेका छन्। बर्दियाका गुलरिया, मधुवन, बढैयाताल र राजापुर नगरपालिका भारतसँग सिमाना जोडिएका पालिका हुन्। बर्दिया जिल्लाको ८३ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ।

pic 3

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको प्रमूख आतिथ्यतामा भएको सो शिलान्यास कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख केदार रजौर, लुम्बिनी प्रदेश ३१ नम्बर गणका गणपति एवं सीमा सुरक्षा बल बर्दियाका प्रमुख नर बहादुर रावत, स्थानीय अनुसन्धान बर्दिया जिल्लाका प्रमुख जनेन्द्र उपाध्याय,फुटाहा विओपि निरिक्षक भुवनेश्वर न्यौपाने, वडाध्यक्ष काजीमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्