काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। सोमबार बिहान काठमाडौँको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ।
त्यस्तै दिउँसो भने काठमाडौंको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ। अहिले बिहानपख तराई भूभागमा कुहिरो देखिएको छ भने हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो र राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ। भोलि मंगलबार गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना रहनेछ भने अन्य स्थानको मौसम सफा रहनेछ।



लोकपाटी न्यूज
