बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ

arrested
लोकपाटी न्यूज

धनगढी। बैतडीमा बलात्कार घटनामा वडा अध्यक्ष पक्राउ परेका छन्। सिगास गाउँपालिका ३ की १८ वर्षीया युवतिमाथि भएको बलात्कार घटनामा वडा अध्यक्ष पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँदसहित थप चारजना पक्राउ परेका छन्। सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि शनिबार बेलुका पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए।

योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन्। यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो। उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।

बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ। सिगास गाउँपालिका ३ की १८ वर्षीया युवतिमाथि गत जेठमा बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो। तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो। पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्