कञ्चनपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएको छ।
आइतबार प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार महेन्द्रनगरबाट झलारीतर्फ गइरहेको से १ क १४०६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको लु १२ प ५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विष्टको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले चालक र ट्रकलाई नियन्त्रणमा लिइएको बताए।



लोकपाटी न्यूज

