अर्को बैठक धुम्बाराहीमा, बैठकमा को–को बोले ?

CPN Secretariat Meeting
लोकपाटी न्यूज

काठमाडौं, १३ मंसीर। शनिबार बसेको सत्तारुढ दल नेकपाको सचिवालयले बैठकले आगामी सचिवालयको बैठक मंसीर १६ गते बस्ने निर्णय गरेको छ। आगामी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाका अधिकांश बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो। तर, शनिबार बसेको बैठकले आगामी १६ गतेको बैठक पार्टी कार्यालयमा गर्ने निर्णय गरेको हो।

शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रस्ताव पेश गरेका छन्। ओलीले पेश गरेको प्रस्ताव सचिवालयका सबै सदस्यहरुलाई बितरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार अध्यक्ष अ‍ोलीको प्रस्ताव अध्ययनका लागि ३ दिनको समय दिइएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम बोलेका थिए। नेकपाको अर्को बैठक मंसीर १६ गते १ बजे बस्ने श्रेष्ठले जानकारी दिए।