काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभागका उपप्रमुख विष्णु रिजालले पार्टीभित्र उठेका प्रश्नहरुलाई एकै ठाउँमा राखेर पढ्दा र बुझ्दा सजिलो हुने बताएका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावलाई प्रकाशन गरी तल्लो तहमा पठाएपछि यसको पक्ष र विपक्षमा टिप्पणी आइरहेका छन्। पार्टीभित्रको विवादलाई लक्षित गर्दै नेता रिजालले सबै प्रस्ताव सँगै राखेर छलफल गर्न जरुरी रहेको टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, ‘हामीले ‘हामीले ‘होइन’ भने पनि लुकेको केही छैन। नेकपाभित्र चलेको विवाद र उठेका प्रश्नहरूलाई एकै ठाउँमा राखेर पढ्दा बुझ्न सजिलो नै हुन्छ। खाना पचेन र पेट हुँडलियो भने बान्ता गरेपछि हलुंगो हुन्छ। आशा गरौं – पार्टीमा पनि परिस्थिति सम्हालिनेछ।”



लोकपाटी न्यूज

