काठमाडौं। सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले विरोध गरेको छ।
ट्रेड युनियनहरूसँग परामर्श र सहमतिविना नै सरकारले एकलौटी ढंगबाट आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरिएकोप्रति संघको केन्द्रीय कार्यसमितिले भर्त्सना गरेको हो।
आफ्नो प्रतिकूलताका कारण सरकारले निर्वाचन रोक्न खोजेको संघको भनाइ छ। अध्यक्ष गोपालप्रसाद पोखरेलले विज्ञप्ति निकालेर तुरून्त निर्वाचन प्रक्रिया सुरू गर्न माग गरेका छन्। कुनै पनि बाहनामा निर्वाचन रोक्न नहुने उनले बताए।
‘तुरून्त निर्वाचन प्रक्रिया सुचारू गरी निर्वाचनमार्फत् नै आधिकारिक ट्रेड युनियनको गठन गर्न युनियन (संघ) माग गर्दछ,’ उनले भनेका छन्। निर्वाचन नगरिए देशव्यापी रूपमा विरोध गर्ने उनले बताए।




लोकपाटी न्यूज